विमान दुर्घटना: २० जनाको शव भेटियो

दुर्घटनाग्रस्त तारा एयरमा सवार २० जनाको शव फेला परेको छ।

फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।

बेपत्ता अन्यलाई भेटाउन मुश्किल भएकाे उद्धारकर्ता तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड नरेन्द्र शाही ठकुरी बताएका छन्। उनी अहिले दुर्घटनास्थलबाट फर्किएका छन्।

उनकाअनुसार सेनाले दुर्घटनास्थलबाट अहिले सात वटा शव जाेमसाेम विमानस्थल ल्याउँदै छ।आइतबार

बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका- २ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ।

चालक दलका तीन सदस्यसहित २२ जना सवार तारा एयरको जहाज आइतबार बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो।

प्रकाशित मिति: : 2022-05-30 14:39:00

प्रतिकृया दिनुहोस्