पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको छ। तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ।
म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धाैलागिरीतर्फ मोडिएको थियो। त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ।