दाङको लमही नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ।
आज बिहान सार्वजनिक मत परिणामअनुसार मेयरमा काँग्रेसका जोगराज चौधरी ९३१७ मत प्राप्त गर्दै विजयी भए। चौधरी ०७४ को निर्वाचनमा एमालेका कुलबहादुर केसीसँग पराजित भएका थिए।
जोगराजले निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का बसन्तराज शर्मालाई २०३२ मतान्तरले पछि पार्दै विजयी भए। शर्माले ७२८५ मत प्राप्त गरे। एमालेका दण्डीराम चौधरीले ५५०३ मत प्राप्त गरे।
उपमेयरमा काँग्रेसकी लक्ष्मी योगी ८७३७ मत प्राप्त गदै विजयी भएकी छन्। उनकी निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५८४८ र एमालेकी सुशिला शर्माले ५३१२ मत प्राप्त गरेकी छन्।
लमहीमा ९ वटा वडा मध्ये काँग्रेसले ८ वटा वडामा जितेको छ। माओवादी केन्द्रले एक वटा वडामा जित निकालेको छ। ०७४ को निर्वाचनमा प्रमुख जितेको एमाले यस पटकको निर्वाचनमा भने एक वडा पनि जित्न सकेन। तेस्रो पार्टीका रुपमा खुम्चिएको छ।
लमही नगरपालिका वडा नं. १ मा दामोदर पौडेल, २ मा नेपालु चौधरी, ३ मा मनोज चौधरी, ४ मा सुवास न्यौपाने, ६ मा श्यामनारायण चौधरी, ७ मा मोहन गिरी, ८ मा उमेश खड्का, ९ मा भेषबहादुर केसी (रमेश) वडाध्यक्षमा निर्वाचित भएका छन।
लमही– ५ मा भने माओवादी केन्द्रका ओमप्रसाद सुवेदी निर्वाचित भएका छन्।