सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

नेकपा (एमाले)का प्रतिनिधि सभा सदस्य सांसद मोहन बानियाँका कान्छा छोरा पक्राउ परेका छन्।

जिल्लाको खत्याड गाउँपालिका वडा नं ७ माझचौरमा सांसद बानियाँका कान्छा छोरा अर्पण बानियाँ ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन।

मंगलबार दिउँसो ३ बजेतिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ। प्रहरी नायव निरीक्षक जुनबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

कार्यालयकाअनुसार पक्राउ परेका बानियालाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ भने भोलि नै जिल्ला प्रहरी कार्यालम ल्याई अनुसन्धान गरी हातहतियार कसुर सम्बन्धि कानुन बमोजिमको मुद्दा अगाडि बढाइने बताइएको छ।

प्रकाशित मिति: : 2022-05-17 22:23:00

प्रतिकृया दिनुहोस्