झापाको दमकमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८ जना पक्राउ

झापामा नो-केबलकार समुह र प्रहरीबीच झडप भएको छ।

दमक नगरपालिका-५ स्थित गणतान्त्रिक चोकमा झडप हुँदा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ। प्रहरी हस्तक्षेपपछि प्रदर्शनकारी तितरबितर भएका छन्।

प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ८ जना प्रदर्शनकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनायो।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार  निर्माणको विरोध गर्दै मुकुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार पूर्वका नौ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ।

प्रकाशित मिति: : 2025-02-02 17:25:00

प्रतिकृया दिनुहोस्