दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनबाट मेयरका लागि उम्मेदवार बनेका गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार भएको छ।
तुलसीपुर– ५ सल्यान रोडस्थित बिहीबार राति साढे सात बजेतिर उम्मेदवार गिरीको घरको पर्खालभित्र दुईवटा नक्कली पेट्रोल बम प्रहार भएको तुलसीपुर इलाका प्रहरी कार्यालय डिएसपी श्याम अर्याल बताए।
दुई वटा बोतलभित्र मट्टीतेल हालेर प्रहार गरिएको बम भने नक्कली भएकाले कुनै मानवीय र भौतिक क्षति भएको छैन।
स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बम प्रहार भएपनि कसले गरेको भन्ने कुनै तथ्य नखुलेको र अनुसन्धान भइरहेको डिएसपी अर्याले बताए।
भोलि देशका ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन हुँदै छ। गठबन्धन गरेर तुलसीपुरको मेयरका लागि काँग्रेसबाट गिरी र उपमेयरमा नेकपा एकिकृत समाजवादीबाट जोगबहादुर राना उम्मेदवार छन्।