गठबन्धन नेतालाई ओलीको प्रश्न- कहिलेसम्म जनतामाझ जान रोक्छौ, ३० वैशाख त आइसक्यो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनतामाझ जानबाट कहिलेसम्म रोक्छौ भनेर गठबन्धन आवद्ध दलका नेतालाई प्रश्न गरेका छन्।

काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री रहँदा ताजा जनादेशमा जाने तयारी गरेपछि गठबन्धन गरेर हटाएको आरोप लगाए।

कहिलेसम्म जनतामाझ जान रोक्छौ भन्दै प्रश्न गरेका ओलीले भने, ‘जनतामाझ जाने भनेपछि गठबन्धन गरेर हटाए। उनीहरुसँग काम गरेको भन्ने कुरा छैन। उनीहरु भन्छन्- जनतामाझ जान खोज्यो, सरकारबाट हटायौँ। कहिलेसम्म जनतामाझ जान रोक्छौ, ३० वैशाख त आइसक्यो।’

अदालतले एमाले संसद भंग गर्दा असंवैधानिक र अलोकतान्त्रिक भनेको भन्दै उनले कांग्रेसले गर्दा संवैधानिक भनेको आरोप लगाए।

कांग्रेसले लोकतन्त्रको परिभाषा बदलेको टिप्पणी गर्दै उनले कांग्रेस कार्यकर्ताले अरु पार्टीलाई मत दिनुपर्ने अवस्था आएको बताए। 

प्रकाशित मिति: : 2022-05-10 17:57:00

प्रतिकृया दिनुहोस्