राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चालन भइरहेका बेला चक्कर लागेर अस्वस्थ भएका छन्।
विशेष समयमा बोल्न समय लिएका कांग्रेस सांसद भट्ट आसनग्रहण गरिरहेका अवस्थामा एक्कासी ढल्न खोजेपछि सभाअध्यक्ष नारायणप्रसाद दाहालले उनको स्वास्थ्यबारे चासो लिएका थिए।
लगत्तै उनलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्याइएको थियो। रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको संसद सचिवालयले जनाएको छ।
भट्ट अश्वस्थ भएपछि कांग्रेसबाट उनको साटो बिष्णुकुमारी सापकोटाले बोल्ने समय पाएकी थिइन्।