समाजवाद ल्याउँन आफूलाई दाउमा राख्न चाहन्छुः बामदेव गौतम

राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्दै माग गरेका छन्।

आइतबार राष्ट्रिय सभाको बैठकमा उनले समाजवाद र समाजवादको संरचना निर्माण गर्न सकिने भन्दै वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताएका हुन्।

उनले भने, ‘समाजवाद र समाजवादको संरचना निर्माण गर्न सकिन्छ। म आफूलाई दाउमा राख्न चाहन्छु। मलाई मृत्युदण्ड दिइयोस्। यदी समाजवाद निर्माण गर्न सकिएन भने। वर्ष तोकियोस्। यति वर्षमा तोकेर समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु।’

पुँजीवादले समाजवाद जन्माउने भन्दै उनले समाजवाद निर्माण गर्न चाहने हो भने भर्खरै १४ सय खर्ब नेपाली रुपैयाँ निकालेर संरचना बनाउन सकिने बताए।

त्यस्तै उनले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दाबीसमेत गरे।

प्रकाशित मिति: : 2025-02-02 18:36:00

प्रतिकृया दिनुहोस्