बाँकेकाे काेहलपुर नगरपालिकाकाे मेयर पदमा उम्मेदवारी दिएका माओवादी केन्द्रका नरेन्द्र न्याैपाने जेष्ठ नागरिकहरूकाे राेजाइमा परेका छन्। चुनावी प्रचारप्रसारमा रहेका न्यौपानेको पक्षमा युवादेखि वृद्धवृद्धाहरुकाे आकर्षण देखिएको हाे।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को गठबन्धनका साझा उम्मेदवार न्यौपानेले जेष्ठ नागरिकप्रति देखाएको श्रद्धाले जेष्ठ नागरिकहरु नतमस्तक भएका छन्। भद्र, शालिन र शिक्षित युवा उम्मेदवारका रुपमा छुट्टै पहिचान बनाउन सफल न्यौपाने जत्तिको योग्य उम्मेदवार कोहलपुरमा अरु नरहेको जेष्ठ उनीहरूकाे भनाइ छ।
‘तिमी जत्तिको नेता हामीले कोहलपुरमा देखेका छैनौं। हाम्रो आशीर्वाद तिमीलाई लागोस्,’ कोहलपुर नगरपालिका वडा नं. ६ का जेष्ठ नागरिक युवराज शर्माले भने,‘यस पटकको भोट नरेन्द्र बाबुलाई।’
चुनावी अभियानका क्रममा स्थानियको घर आँगनसम्म पुग्ने न्यौपानेसहित गठबन्धनका सबै उम्मेदवारले मतदाताको मन जित्न समेत सफल भएका छन। सौहार्दपूर्ण रुपमा चुनावी अभियान संचालन गरेको गठबन्धन र त्यसका उम्मेदवारहरुको रानजितिक संस्कारको नगरबासीहरुले खुलेरै प्रशंसा गर्न थालेका छन।