भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी ठमेलको नाइट क्लबमा पुगेका छन्।
उनी मंगलबार राति ११ बजेर ४५ मिनेटमा एलओडी (लर्ड अफ ड्रिङ्क्स) नामक नाइट क्लबमा पुगेका हुन्।
गान्धी समूहकाे आगमन 'सरप्राइज' भएको क्लबले जनाएको छ। उनी त्यहाँ करिब डेढ घण्टा बसेर रमाइलो गरे। गान्धी बिना सुरक्षा गार्ड क्लबमा पुगेका थिए। उनी क्लबको भिआइपी सेक्सनमा उभिएर लाइट र संगीतसँगै नाचिरहेका थिए।
गान्धी त्यहाँ अलर्फट होटलबाट पुगेका थिए। उनको सम्पूर्ण सुरक्षा व्यवस्था क्लबकै सुरक्षा गार्डले नै मिलाएका थिए।
उनी भिस्तारा एयरलाइन्सको विमानबाट सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।
उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको वैवाहिक समारोहमा सरिक हुने कार्यक्रम छ। नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन्। नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने स्रोतले बताएको छ।
उनी शुक्रबार स्वदेश फर्कनेछन्।