राहुल गान्धी काठमाडौंमा

भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी सोमबार दिउँसो काठमाडौं आइपुगेका छन्। उनी अपरान्ह ४ः१० बजे त्रिभुवन विमानस्थलमा उत्रेका हुन्। 

गान्धी साथीकाे विवाहमा सरिक हुन काठमाडौं आएका हुन्। उनी नक्सालस्थित होटल मेरियटमा बसिरहेका छन्।

स्राेतका अनुसार उनी पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमाको वैवाहिक समारोहमा सहभागी हुन काठमाडौं आएकाे बताइएकाे छ। वैवाहिक कार्यक्रम आगामी बिहीबार हायात होटलमा हुँदैछ। 

सुम्निमा नयाँ दिल्लीमा रहँदा नेता राहुलसँग निकट रहेकाे बताइन्छ। सुम्निमाको विवाह निमा मार्टिन शेर्पासँग हुँदैछ।

भारतका भूतपूर्व प्रधानमन्त्रीद्वय इन्दिरा गान्धीका नाति तथा राजीव गान्धीका छोरा राहुल कांग्रेस अध्यक्ष सोनिया गान्धीका छोरा हुन्।

प्रकाशित मिति: : 2022-05-02 19:20:00

प्रतिकृया दिनुहोस्