राहुल गान्धी काठमाडौंमा, नरेन्द्र मोदी पनि आउँदै

File Photo
File Photo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन्। उनी बुद्ध पूर्णिमा अर्थात जेठ २ गते लुम्बिनी भ्रमणका लागि योजना बुनिरहेकाे भारतीय पत्रिका द हिन्दूले जनाएको छ।

यता भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी सोमबार दिउँसो काठमाडौं आइपुगेका छन्। उनी अपरान्ह ४ः१० बजे त्रिभुवन विमानस्थलमा उत्रेका हुन्। 

नेता गान्धी साथीको विवाह खाना काठमाडौं आएका हन्। उनी नक्सालस्थित होटल मेरियटमा बसिरहेका छन्।

तर प्रधानमन्त्री मोदी पूर्णिमाको अवसर पारेर लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन नेपाल आउन लागेका हुन्। 

स्रोतका अनुसार मोदीको नेपाल भ्रमण सफल पार्न दूईदेशका अधिकारीरूले चाँजोपाँजो मिलाइरहेका छन्। उनी नेपाल आउँदा प्रधानमन्त्री शेरबहादुर देउवासँग लुम्बिनीमा भेट गर्ने छन्। 

तर, यसबारे नेपालकाे परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेकाे छैन। नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानकाे तयारी गरेकाे छ।

प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतकाे भ्रमण गरेका थिए। सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ। 

नेता गान्धी भने पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमाको वैवाहिक समारोहमा सरिक हुन काठमाडौं आएका हुन्। वैवाहिक कार्यक्रम आगामी बिहीबार हायात होटलमा हुँदैछ। 

सुम्निमा नयाँ दिल्लीमा रहँदा नेता राहुलसँग निकट रहेको बताइन्छ। सुम्निमाको विवाह निमा मार्टिन शेर्पासँग हुँदैछ।

भारतका भूतपूर्व प्रधानमन्त्रीद्वय इन्दिरा गान्धीका नाति तथा राजीव गान्धीका छोरा राहुल कांग्रेस अध्यक्ष सोनिया गान्धीका छोरा हुन्।

प्रकाशित मिति: : 2022-05-03 07:21:00

प्रतिकृया दिनुहोस्