बिहे गरेको ६ महिना नबित्दै अरुणिमाले हटाइन् श्रीमानसँगको तस्बिर, सम्बन्ध बिग्रिएको चर्चा

Break n Links
Break n Links

अमेरिकामा बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले पति युवराज श्रेष्ठसँगका तस्बिरहरू सामाजिक सञ्जालबाट हटाएकी छन्। भर्खरै गायिका एलिना चौहानले श्रीमानसँग डिभोर्सको फिरादपत्र दर्ता गराएको चर्चा सेलाउन नपाउँदै अरुणिमाको पनि श्रीमानसँग दरार आएको चर्चा सुरु भएको हो।

अरुणिमाले गत भदौ ३ गते सुनसरीका कांग्रेस नेता युवराज श्रेष्ठसँग काठमाडौंमा लगनगाँठो कसेकी थिइन्। तर, विवाहको ६ महिना पनि नबित्दै उनीहरूको सम्बन्धमा दरार आएको आँकलन गरिएको छ। अरुणिमाले श्रीमाले आफूमाथि चिट गरेको आरोप लगाउँन थालेकी उनी निकट स्रोतको दाबी छ।

उनले श्रीमानसँगका प्रशस्तै तस्बिर र भिडियोहरू राखेकी थिइन्। तर, अहिले सबै तस्बिर र भिडियोहरू हटाएकी छन्। उनी निकट स्रोतका अनुसार उनले ती सामग्रीहरू डिलिट गरेकी नभइ पब्लिकबाट ‘हाइड’ मात्र गरेकी हुन्। उनका पहिलो श्रीमान अमित अर्यालसँगको तस्बिरहरू भने अझै पनि अरुणिमाको फेसबुकमा देख्न सकिन्छ।

अरुणिमा अमेरिकामा बस्दै आएकी छन् भने श्रीमान युवराज अझै पनि नेपालमै छन्। विवाह लगत्तै अरुणिमासहित प्रकाश सुवेदी सोमा अन्तर्वार्ता दिँन पुगेका युवराजले आफू पनि श्रीमतीसहित अमेरिका जाने बताएका थिए।

अरुणिमाले तस्बिरहरू हटाए पनि युवराजले भने अहिलेसम्म श्रीमतीसँगका तस्बिरहरू हटाएका छैनन्।

प्रकाशित मिति: : 2025-02-02 15:12:00

प्रतिकृया दिनुहोस्