आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले गण्डकीमा अनुगमन समिति र प्रचार समिति गठन गरेको छ।
कांग्रेस सहित गठबन्धनका उम्मेदवारहरूलाई जिताउन प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय समिति गठन भएको हो।
समितिको उपसंयोजकमा प्रा. डा. कुसुमाकर न्यौपाने, सचिवमा रमेश पौडेल छन् भने सदस्यहरूमा कांग्रेस गण्डकीका सदस्यहरू, प्रदेश मातहतका जिल्ला सभापतिहरू, प्रदेशका सांसद र प्रत्याशीहरू छन्। यसबाहेक भ्रातृ तथा शुभेच्छुक संस्थाका सभापतिलाई पनि समितिमा राखिएको छ।
यता संगठन विभाग प्रमुख हरि बरालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन अनुगमन समिति पनि गठन गरिएको छ। सदस्यमा वीरेन्द्र मण्डल, जीवन बास्तोला, शिरोमणि बराल, देवीश्री कार्की क्षेत्री छन्।