पोखरा महानगरपालिकाका ५ जना मयेर र ३ जना उपमेयरका उमेद्वारसहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
मयेरमा उम्मेद्वारी फिर्ता लिनेमा तीन जना दलका उम्मेद्वारी छन् भने दुई जना स्वतन्त्र उमेद्वार छन्।नेपाली कांग्रेसका बागी उमेद्वारी दिएका नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले उमेद्वारी फिर्ता लिएका छन्।
राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपालका लागि नेपाली पार्टीका रोशनी बानियाँ र राप्रपा नेपालका गोविन्द गुरुङले पनि उम्मेद्वारी फिर्ता लिएका छन्।
त्यसैगरी उपमेयरमा मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङ, राप्रपा नेपालका चिना दवाडी र नेकपा माओवादी समाजाबादीका इन्द्र सुनारले उमेद्वारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।
मंगोल नेशनल अर्गनाइजेसन र नेकपा माओवादी समाजवादीका उम्मेद्वारहरु भने दुवै पदमा पुरुष भएका कारण फिर्ता लिएका हुन्।
पोखरा महानगरका वडाध्यक्षमा उम्मेद्वारी दिएका ३० जनाले फिर्ता लिएका छन्। त्यसमध्ये २१ जना पार्टीबाट वडा अध्यक्षमा उम्मेद्वारी दिने छन्, भने ९ जना स्वतन्त्र छन्। त्यसैगरी वडा सदस्यमा ८१ जना वडा सदस्यहरुले नाम फिर्ता लिएका छन्।
कतिपय उम्मेद्वारीआफैले उमेद्वारी फिर्ता लिएका छन् भने केहीलाई पार्टीले फिर्ता गराएको छ। पोखरा महानगरपालिकाको मयेर पदका लागि २३ जनाले प्रतिस्पर्धा गर्नेछन् भने उपमेयरका लागि ८ जनाले प्रतिस्पर्धा गर्नेछन्।