मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक जना दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छिन्।
स्थानीय तहको निर्वाचनअन्तर्गत राक्सिराङ गाउँपालिकाको ४ नम्बर वडामा दलित महिला वडा सदस्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी मनोनयन दर्ता गराएकी सजिना मुक्तान नेपाली निर्विरोध भएकी हुन्।
उक्त पदमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएको राक्सिराङका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले बताए। यद्यपि, निर्वाचित भएको आधिकारिक घोषणा भने बैशाख ३० गतेपछि हुनेछ।