स्थानीय तहको निर्वाचनका लागि स्याङ्जामा एक हजार ५४७ को उम्मेदवारी परेको छ।
पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ पालिका रहेको स्याङ्जामा कूल ५०७ जनाका लागि एक हजार ५४७ को उम्मेदवारी परेको हो।
मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार पालिका प्रमुखरअध्यक्षमा ६७ जना, उपप्रमुखरउपाध्यक्षमा ५० जना, वडाध्यक्षमा ३५१ जना, खुला सदस्यमा ५८० जना, महिला सदस्यमा २६५ जना र दलित महिला सदस्यमा २६५ जना गरी कूल एक हजार ५४७ को उम्मेदवारी परेको हो।
जिल्लामा सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा २६० जनाले उम्मेदवारी दिएका छन् भने सबैभन्दा थोरै फेदीखोला गाउँपालिकामा ७४ जनाको उम्मेदवारी परेको छ।
त्यसैगरी वालिङ नगरपालिकामा २५२ जना, चापाकोट नगरपालिकामा १८७ जना, गल्याङ नगरपालिकामा १६८ जना, भीरकोट नगरपालिकामा १४७ जनाको उम्मेदवारी परेको छ भने गाउँपालिकातर्फ बिरुवा गाउँपालिकामा १२० जना, आँधीखोला गाउँपालिकामा ९४ जना, अर्जुनचौपारी गाउँपालिकामा ८४ जना, हरिनास गाउँपालिकामा ८३ जना, कालीगण्डकी गाउँपालिकामा ७८ जनाले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।
पालिकाको प्रमुखमा सबैभन्दा धेरै पुतलीबजार र गल्याङ नगरपालिकामा नौ÷नौ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा थोरै बिरुवा र हरिनास गाउँपालिकामा चार÷चार जना रहेका छन्।
त्यस्तै उपप्रमुखमा पुतलीबजार र गल्याङ नगरपालिकामा सात।सात जना छन् भने थोरै हरिनास र कालीगण्डकी गाउँपालिकामा दुई।दुई जना छन्।
त्यस्तै वडाध्यक्षमा सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा ६० जना र थोरै कालीगण्डकी गाउँपालिकामा १५ जना छन्। खुला सदस्यमा सबैभन्दा धेरै पुतलीबजारमा १०३ जना र थोरै फेदीखोलामा २६ जना छन्।
महिला सदस्य वालिङ नगरपालिका र पुतलीबजारमा ४५।४५ जना छन् भने फेदीखोलामा ११ जनाको उम्मेदवारी परेको छ। दलित महिला सदस्यमा सबैभन्दा धेरै वालिङ नगरपालिकामा ४३ जना छन् भने थोरै फेदीखोलामा ११ जना रहेका छन्।
पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ पालिकामा ९७ वडा रहेका छन्। वालिङ र पुतलीबजार नगरपालिकामा १४।१४, गल्याङ नगरपालिकामा ११, चापाकोट नगरपालिकामा १०, भीरकोट नगरपालिकामा नौ वडा रहेका छन्।
त्यसैगरी बिरुवा गाउँपालिकामा आठ, कालीगण्डकी गाउँपालिकामा सात, हरिनास गाउँपालिकामा सात, अर्जुनचौपारी गाउँपालिकामा छ, आँधीखोला गाउँपालिकामा छ, फेदीखोला गाउँपालिकामा पाँच वडा रहेका छन्।