५२० जनप्रतिनिधिका लागि दाङमा २१०० उम्मेदवार 

Symbolic photo
Symbolic photo

स्थानीय तह निर्वाचनका लागि दाङमा ५ सय २० पदमा जनप्रतिनिधि चुनिने छन्।

जिल्लाका १० पालिका, एकसय वडा बाट ५ सय २०जना निर्वाचित हुने संरचना रहेको छ। सोमबार सकिएकमे मनोनयन दर्तामा चौगुणा बढीको उमेदवारी परेको छ।

जनप्रतिनिधि बन्न दाङमा २ हजार १ सय जनाले उमेदवारी मनोनयन गराएका छन्। दुई उपमहानगरसहित १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र एक सय वटा वडा अध्यक्ष र सदस्य पदका लागि जिल्लाका २ हजार १ सय ९१ जनाको उमेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। 

विवरण अनुसार दुई उपमहानगरसहित दश पालिकाका अध्यक्ष तथा प्रमुखका लागि ८३ जनाको उमेदवारी दिएका छन्। यस्तै उपप्रमुख तथा उपाध्यक्षका लागि ५९ जनाको उमेदवारी मनोनयन गराएको निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै एक सय वडाका लागि ५ सय १९ जनाको वडा अध्यक्षमा उमेदवारी परेको छ। यसैगरी खुल्ला सदस्यमा ७१७, महिला सदस्यमा ३ सय ८१, महिला दलित सदस्यमा ३ सय ५२ जनाको उमेदवारी मनोनयन गरिएको छ।

दाङमा प्रमुख, उप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्या,महिला दलित सदस्य, खुल्ला सदस्य गरी ५ सय २० पदका लागि चौ गुणाबढी उमेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिए। घोराहीमा ४४०, तुलसीपुरमा ४९९, दंगिशरणमा १५६, बंगलाचुलीमा ११५ जनाको उमेदवारी परेको छ। य

स्तै बबईमा १५७, राजपुरमा १८८, राप्तीमा २३३, लमहीमा १४७, शान्तिनगरमा १३६ र गढवामा १२० जनाको उमेदवारी परेको छ। 

देशभरका स्थानीय तहमा जनप्रतिनिधि बन्न चाहने आकांक्षीहरूले उम्मेद्वारी दर्ता गराएका छन्। ठूला दलको तर्फबाट चुनाबी मैदानमा रहेकाहरूले दलबल सहित निर्वाचन आयोग तथा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराएका हुन्।

प्रकाशित मिति: : 2022-04-26 20:37:00

प्रतिकृया दिनुहोस्