रसुवामा एक जना उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा एक जनाको दाबी विरोधको उजुरी परेको छ।

आज (मंगलबार) तोकिएको दाबी बिरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो।

जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट दलित महिला सदस्यका उम्मेदवार सुनिता सुनुवारविरुद्ध उजुरी परेको उत्तरगया गाउँपालिकाको निर्वाचन अधिकृत मुना अधिकारीले जानकारी दिइन्।

सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबी विरोध उपर उजुरी गरेकी थिइन्।

उनले उम्मेदारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारी पत्र पेस नगरेको भन्दै उजुरी दिएको अधिकारीले बताइन्। आएका दाबी विरोध उपरको उजुरीमाथि छानबिन गरिने समेत उनले बताइन्।

उत्तरगया गाउँपालिका वडा नम्बर ३ मा एक जना दलित महिला सदस्यका लागि नेकपा एमालेबाट एक र नेपाली कांग्रेसबाट एक जनाले उम्मेदवारी दिएका छन्।

जिल्लाको अन्य स्थानिय तहमा भने कुनैपनि उम्मेदवार बिरुद्ध दाबी बिरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-26 18:28:00

प्रतिकृया दिनुहोस्