कास्कीका चारवटै गाउँपालिकामा पनि उम्मेदवारी दर्ता भएको छ।
आइतबार र सोमबार भएकाे उम्मेदवार मनाेनयन दर्ता प्रक्रियामा सहभागी हुँदै प्रमुख राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारलेसमेत उम्मेदवारी दिएका छन्।
प्रमुख दलबाट अन्नपूर्णको अध्यक्षमा कांग्रेसका युवराज कुवँर र एमालेका विष्णु केसी उम्मेदवार बनेका छन्। यस्तै, उपाध्यक्षमा कांग्रेसकी खेमकुमारी गुरुङ र एमालेकी चन्द्रा अधिकारी उम्मेदवार भएका छन्।
माछापुच्छ्रेमा एमालेबाट अध्यक्षमा विक्रम गुरुङ र कांग्रेसबाट मिनबहादुर गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्षमा एमालेकी सीता तिवारी र कांग्रेसबाट सीता अधिकारीले मनोनयन दर्ता गराए।
मादीको अध्यक्षमा एमालेबाट महेन्द्र गुरुङ र कांग्रेसबाट देवीजंग गुरुङ तथा उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ र गठबन्धनबाट माओवादी उम्मेदवार लालबहादुर गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिए।
रुपामा एमालेबाट नवराज ओझा अध्यक्षमा नाम दर्ता गराएका छन् भने कांग्रेसबाट गीमाया गुरुङले मनोनयन दिइन्। उपाध्यक्षमा एमालेकी लालसुब्बा गुरुङ र कांग्रेसका नारायण श्रेष्ठले उम्मेदवारी दिएका छन्।
माओवादीले चारवटै पालिकामा उपाध्यक्ष मात्रै उठाएको छ। माओवादीबाट अन्नपूर्णमा धर्म तमु, रुपामा नवराज बराल र माछापुच्छ्रेमा प्रविणा अधिकारीले उम्मेदवारी दिएका छन्।
अझै गठबन्धन हुने र भागबण्डा मिलाउनका लागि उपाध्यक्षमा मात्रै उम्मेदवारी परेको बताइएको छ। निर्वाचन अधिकृतको कार्यालय व्यवस्थित नहुँदा उम्मेदवारहरुले मनोनयनमा समस्या भएको थियो। अहिले पनि मनोनयनका सबै प्रक्रिया सकिएका छैनन्।