कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी

Breaknlinks
Breaknlinks

कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन्। कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाकाे मेयरमा महिलाकाे उम्मेदवारी परेकाे हाे। 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालीकोटको रास्कोट र कालिकोटको खाडाँचक्र नगरपालिका मेयरमा महिलाले उम्मेदवारी दिएका हुन्।

वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायणमा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रका कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएका हुन्। 

रास्कोटमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपा नेतृ धिरिन्द्रा उपाध्याय 'भृकुटी' ले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन्।

ढकाल यसअघि वीरेन्द्रनगरकाे उपमेयर थिइन् भने  खड्का यसअघि वडा सदस्य थिइन्।

प्रकाशित मिति: : 2022-04-26 10:35:00

प्रतिकृया दिनुहोस्