सल्यानको छत्रेश्वरीमा कांग्रेसको रुष्ट समूहले दियो स्वतन्त्र उम्मेदवारी

सल्यानको छत्रेश्वरी गाउँपालिकामा कांग्रेसको रुष्ट टिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ।

स्वतन्त्र उम्मेदवारी दिनेहरुमा अध्यक्षमा दिल्ली जैसी, उपाध्यक्षमा मेगराज भण्डारी, वडा न. १ को अध्यक्षमा शिव कुमार शर्मा, वडा न. ४ मा महोन डिसी र वडा नं. ७ को अध्यक्षमा सुक लाल खड्का रहेका छन्। 

छत्रेश्वरीमा कांग्रेसबाट अध्यक्षमा जिल्ला सभापति केश बहादुर विष्ट र उपाध्यक्षमा सीता गिरीको उम्मेदवारी परेको छ ।

पार्टीको गाउँपालिकाबाट सिफारिस नभएका विष्टले शक्तिको आँडमा एक्कासी टिकट ल्याएर उम्मेदवारी दिएको रुष्ट टिमहरुको आरोप छ।
 

प्रकाशित मिति: : 2022-04-25 21:19:00

प्रतिकृया दिनुहोस्