दाङमा गठबन्धनबाट बाहिरियो एकिकृत समाजवादी, घोराहीमा दियो उम्मेदवारी 

दाङमा नेकपा एकिकृत समाजवादी पार्टी (एस) गठबन्धनबाट बाहिरिएको छ। 

जिल्लामा भागबण्डामा असहमति जनाउँदै तुलीपुर उपमहानगरमा बाहेक अन्य सबै पालिकाहरुबाट आफूहरु बाहिरिएको एकिकृत समाजवादी दाङका अध्यक्ष सुरामनी बेल्वासले जानकारी दिए। गठबन्धनबाट बाहिरिएको एसले घोराहीमा उम्मेदवारीसमेत दिएको छ।

एसबाट घोराही उपमहानगरपालिकाको प्रमुख पदमा रामप्रसाद चौधरी र उप प्रमुख पदमा शोभा शाहले उम्मेदवारी दर्ता गराएका छन्। तुलसीपुरमा गठबन्धनबाट उपप्रमुख पाएको एसले वडामा भने गठबन्धनविनै उम्मेदवारी उठाएको छ। 

अध्यक्ष बेल्वासेले तुलसीपुरको सबै वडामा उम्मदवारी दिएको जानकारी दिए। 

तुलसीपुरमा प्रमुखमा काँग्रेसका गेहेन्द्र गिरीले उम्मेदवारी दिएका छन् भने एसबाट उपप्रमुखमा जोगबहादुर रानाले उम्मेदवारी दिएका छन्।

यद्यपी दाङमा सत्तारुढ गठबन्धनबीच सबै स्थानीय तहमा गठबन्धन हुन सकेको थिएन।

घोराही, तुलसीपुर र बंगलाचुलीमा मात्र सत्तारुढ दलहरुबीच गठबन्धन भएको थियो। अन्य ७ स्थानीय तहमा गठबन्धन हुन सकेको छैन। तर घोराहीमा पनि नेकपा एसले उम्मेदवारी दिँदै गठबन्धनबाट बाहिरिएको जनाएको छ।
 

प्रकाशित मिति: : 2022-04-25 19:38:00

प्रतिकृया दिनुहोस्