रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ।
मओवादी केन्द्रका तर्फबाट मुसिकोट नगरपालिकाकाे मेयरमा वसन्त शर्मा र नेकपा एसको तर्फबाट उपमेयरमा विमलकुमार पुनले मनोनयन दर्ता गरेका छन्।
यसअघिकाे निर्वाचनमा यहाँ माओवादीले जितेको थियो। कांग्रेससँग समिकरण नगरेर नेकपा एससँग समिकरण भएपछि राजनीतिक गठजाेड फेरिएकाे छ।