चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयरमा रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छन्।
गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपरान्ह उम्मेदवारी दर्ता गराएका हुन्।
मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र समर्थक कृष्णराज न्यौपाने `लब्ली´ र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने 'लब्ली' रहेका छन्।
भरतपुरमा माओवादीलाई मेयर र कांग्रेसले उपमेयर पाएकाे थियाे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन्।