काठमाडौं मेयरमा उम्मेदवारी दर्ता गर्दै सिर्जनाले भनिन्- राजनीतिक योगदानाको आधारमा टिकट पाएँ 

गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएकी छन्।

राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन्।

गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर राजनीतिक योगदानाको आधारमा टिकट पाएको प्रतिक्रिया दिइन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग उनले भनिन्, ‘म प्रकासमानको श्रीमती नभई राजनितीक योगदानको आधारमा टिकट पाएकी हुँ।’

महिलाहरूको हकहितको लागि विशेष काम गर्ने बताएकी उनले बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउने दाबी गरिन्।

प्रकाशित मिति: : 2022-04-25 15:49:00

प्रतिकृया दिनुहोस्