गठबन्धनकातर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन्।
गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो। जस कारण उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर मेयरमा निर्वाचित महर्जन फेरि दोहोरिन खोजेका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महानगरपालिकामा गर्नुपर्ने कामहरू अझै रहेकाले आफूलाई निर्वाचित गराउन आग्रह गरे।