धनगढी उपमहानगरमा गठबन्धनबाट मेयरमा नृपबहादुर बड र उपमेयरमा शान्ति अधिकारी

सत्तारुढ गठबन्धनबाट धनगढी  उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दिएका छन्। 

मेयरका आकांक्षी वडले उपमेयरमा सुशीला मिश्रको समर्थन र कांग्रेस क्षेत्र नम्बर ५ का सभापति भीम बडालको प्रस्तावमा उम्मेदवारी दिएका हुन्।

यसैगरी, उपमेयरकी आकांक्षी अधिकारीको समर्थनमा लक्ष्मी अधिकारी र प्रस्थापकमा हरि बुढाथोकी छन्। उम्मेदवारी मनोनयन कार्यक्रममा कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताको उपस्थिति थियो।

प्रकाशित मिति: : 2022-04-25 15:29:00

प्रतिकृया दिनुहोस्