एमालेका कृष्ण थापाले पोखरा महानगरपालिकाकाे प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।
थापाले सोमबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि थापाले प्रदेशसभा सदस्य पदमा रहँदा नीतिगत तह निर्माणका लागि काम गरे पनि अब महानगर प्रमुखका रुपमा निर्वाचित भएपछि जनतको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने विषयसँग जोडिएर काम गर्ने बताए।
एमालेबाट उप मेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गराएकी छन्।