गोरखामा कांग्रेसका मेयर उम्मेदवारमाथि हातपात 

नेपाली कांग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ।

आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रेशित भिडले उनीमाथि हातपात गरेका हुन्।

यसअघि आजै बिहान गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालबान्दी गरेका गरेका थिए। कांग्रेस गोरखाका केही कार्यकर्ताले हालकै मेयर राजनराज पन्तलाई मेयरमा देहोर्याउन पर्ने माग गरिरहेका थिए।

प्रकाशित मिति: : 2022-04-25 13:37:00

प्रतिकृया दिनुहोस्