पताँला गाउँपालिका उपाध्यक्षमा एमालेबाट जलसा कुमारी बुढाकाे उम्मेदावरी

Breaknlinks
Breaknlinks

कालिकाेटकाे पताँला गाउँपालिकाकाे उपाध्यक्ष पदका लागि नेकपा (एमाले)बाट युवा नेत्री जलसा कुमारी बुढा उम्मेदवार भन्ने भएकी छिन्।

एमालले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको बुढालाई उपाध्यक्ष पदकाे लागि टिकट दिएकाे हाे। उनकाे भाेलि (साेमबार) उम्मेदवारी दर्ता गर्ने तयारी भएकाे छ।

२३ वर्षीया बुढा यहाँकाे लाेकप्रिय युवा नेत्रीका रूपमा परिचित छिन्।

विद्यालय जीवनबाटै राजनीतिक यात्रा सुरू गरेकी उनले विभिन्न संगठनमा बसेर काम गर्दै आएकी थिइन। केही व्यवसायमा समेत आबद्ध उनी यहाँकाे विकास निर्माणसँगै समाजसेवाका काममा समेत सहभागी हुँदै आएकी छिन्।

पढाइमा अब्बल, सूचना प्रविधिकाे राम्राे ज्ञान भएकी, सबैसँग मिलेर काम गर्न सक्ने, राजनीतिकदेखि प्रशासनिक र कानूनी विषयमा ज्ञान भएकी, नयाँ साेच र विचार भएकी, प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्न सक्ने भएकाले उनी जस्ताे राम्राे मान्छे गाउँपालिकाकाे नेतृत्वमा आउन चाहनु धेरै राम्राे कुरा भएकाे स्थानीयले बताएका छन्।

‘अहिलेकाे मुख्य समस्या भनेकाे नै अघिल्ला पुस्ताले युवाकाे चाहना अनुसार काम गर्न नसक्नु हाे। अब हेर्नुहाेस् गाउँमा राम्राे बजेट आउँछ तर हाम्रा नेतामा त्यसलाई सही तरिकाले सदुपयाेग गर्न सक्ने क्षमता नै छैन। अब सधै नेतालाई गाली गरेर हुँदैन हामी युवा नै अगाडि सरेर काम गराैँ भनेर म आएकी हुँ, मलाई पार्टीले विश्वास गरेर टिकट दिएकाे छ। आशा छ सबैले साथ दिनुहुने छ,’ बुढाले बिएल नेपाली सेवासँगकाे कुराकानीमा भनिन्।

प्रकाशित मिति: : 2022-04-24 22:00:00

प्रतिकृया दिनुहोस्