एक घण्टादेखि कास्की कांग्रेसका पदाधिकारी थुनामा 

File Photo
File Photo

कास्की कांग्रेसका पदाधिकारीलाई कार्यकर्ताहरुले एक घण्टादेखि थुनामा राखेका छन्। कास्की कांग्रेसको कार्यालय परिसरभित्रै कार्यकर्ताले पदाधिकारीहरुलाई थुनामा राखेका हुन्।

मेयरको टिकट अर्कैलाई सुम्पेको भन्दै आक्रोशित कार्यकर्ताले पदाधिकारीहरु बैठक बसि रहेको अवस्थामा बाहिरबाट ताला लगाइ दिएका हुन्। पोखरा १८ र मादी गाउँपालिकाका कार्यकर्ताले पदाधिकारी थुनामा राखेका हुन्।

कांग्रेस पोखरा महानगर कमिटीका सचिव गणेश थापाले सहमतिको लागि छलफल चलि रहेको बताए। पार्टी कार्यालय भित्र ३६ जिल्ला पदाधिकारी थुनिएका छन्।

प्रकाशित मिति: : 2022-04-24 17:21:00

प्रतिकृया दिनुहोस्