दुविधामा नपर्नुस् ०८४ को निर्वाचनअघि नै पार्टी महाधिवेशन हुन्छ : गगन थापा

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन समयमै गर्नेबारे छलफल भइरहेकोले नेताकार्यकर्तालाई तिथि मितिबारे कुनै दुविधामा नपर्न आग्रह गरेका छन्।

शनिबार कांग्रेसको काठमाडौं महानगरपालिका-७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी महाधिवेशन २०८४ को निर्वाचनअघि नै हुने स्पष्ट पारे। उनले महाधिवेशनबाट आएको नेतृत्वको अगुवाइमा निर्वाचनमा जाने दाबी गरे।

‘०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ, तर त्यो गर्नै मिल्दैन। महाधिवेशन सार्न संविधानले पनि दिँदैन, एक महाधिवेशनबाट अर्को महाधिवेशन जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन,’ उनले भने, उनले भने, ‘महाधिवेशन त्यसअघि नै गर्नै पर्छ। अधिवेशनबाट आएको नयाँ नेतृत्वले नै चुनावमा पार्टीको नेतृत्व गर्नेछ।’

पछिल्लो समय कांग्रेसभित्र महाधिवेशन ०८४ को निर्वाचनअघि र पछि गर्ने दुई धार देखिएको छ। पूर्व महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य नारायण खड्काले महाधिवेशन ०८४ को आमचुनावपछि गरे पनि फरक नपर्ने वकालत गर्दै आएका छन्।

प्रकाशित मिति: : 2025-02-01 19:21:00

प्रतिकृया दिनुहोस्