सुनसरीमा गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

file photo
file photo

सुनसरीको रामधुनी–२ मा बुधबार बेलुकी गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रामधुनी–८ का ४३ बर्षीय धुव्र कुमार चौधरी रहेका छन्। 

को १७ प ३२४५ नम्बरको मोटरसाइकलमा सवार उनी हिजो बेलुकी पौने ८ बजे हसनपुर नहरको पुलबाट खसेका थिए। 

घटनाबारे जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट झुम्काबाट खटिएको टोलीले चौधरीको शव गएराती साढे ९ बजे नहरबाट निकालेका थिए। 

शवलाई पोष्टमार्टको लागी धरानको घोपा स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

प्रकाशित मिति: : 2022-04-21 11:33:00

प्रतिकृया दिनुहोस्