रुपन्देहीमा लहरी र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

file photo
file photo

रुपन्देहीको सियारी गाउँपालिका–२ कुट्टामा बुधबार बेलुकी मोटरसाइकल र लहरी ठोक्किदा २ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय राम निवास बेलदार र पछाडी सवार ५० वर्षीय रामायण पासी रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा भैरहवा स्थित भीम अस्पतालमा मृत्यु भएको हो। 

बेथरी–बेलबास सडकखण्डमा लु ७४ प ४४७९ नम्बरको मोटरसाइकल भारतिय नम्बरको लहरीमा हिजो बेलुकी सवा ८ बज ठोक्किएको थियो। 

लहरी चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-21 11:03:00

प्रतिकृया दिनुहोस्