अनुमति प्राप्त हतियार बुझाउन जिल्ला प्रहरी कार्यालय नवलपरासीकाे अनुराेध

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले अनुमति प्राप्त हतियार बुझाउन अनुराेध गरेकाे छ।

आगामी वैशाख ३० मा हुन लागेकाे स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रहरीले हतियार बुझाउन भनेकाे हाे।

‘जिल्लामा रहेका अनुमति प्राप्त हतियारहरु प्रहरीमा बुझाई सुरक्षित निर्वाचन वातावरणका लागि सहयोग गरिदिन हुन अनुराेध छ,’ जिल्ला प्रहरी कार्यालय न.प बर्दघाटले सूचनामा भनेकाे छ।

हाल यहाँका केही व्यक्तिहरूले समेत हतियरा बुझाएकाे प्रहरीले जनाएकाे छ। निर्वाचन सुरक्षाका लागि प्रहरीले विभिन्न याेजनाहरू बनाएकाे छ।

प्रकाशित मिति: : 2022-04-20 10:55:00

प्रतिकृया दिनुहोस्