गण्डकीका कानुन मन्त्री बिन्दु थापाले पोखरा महानगरको मेयरका लागि आन्तरिक उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकाको मेयरका आंकाक्षीलाई प्रस्ताव पेश गर्न भनेपछि उनले पनि आंकाक्षा पेश गरेका हुन्।
यसअघि मेयर पदका लागि व्यक्तिगत इच्छा नभएको बताएका थापा गण्डकी प्रदेशका बहालवाला कानुनमन्त्री हुन्। आइतबार कांग्रेसको पोखरा महानगरपालिकाको सचिवालयमा पुगेर मन्त्री थापाले आन्तरिक उम्मेदवारी दिएका हुन्।
पोखरा महानगरको मेयर पदका लागि १४ जनाले आंकाक्षा पेश गरेका छन्।
किशोरदत्त बराल, बिन्दुकुमार थापा, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरास्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, गणेशबहादुर भट्टराई र बाबुराम गिरी तोकिएको ढाँचामा पार्टीभित्र उम्मेदवारी दर्ता गरेका छन्।