नेपाल भ्रमणमा जाने यात्रुहरूले अनअराइभल भिसा लिन साथमा २०० अमेरिकी डलर क्यास बोकेर जानुपर्ने भएको छ।
त्रिभुवन विमानस्थलमा रहेको एटिएम कार्डमा भिडभाड हुने भएकाले यसो भन्नु परेको स्पष्टिकरण त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक अधिकृतले दिएका छन्।
उनका अनुसार विमानस्थलमा एक मात्र एटीएम मसिन भएकोले पर्यटकले भिसाका लागि शुल्क तिर्न लामो लाइन लाग्नुपर्ने हुनछ। कहिले त घण्टौ लाग्छ। धेरैजसो एटीएम मेशिन बिग्रको हुन्छ । यसले गर्दा पर्यटकले थप सास्ती भोग्नु परेको छ।
एटीएम मेशिन बिग्रेको बेला यात्रुलाई प्रहरी लगाएर बाहिर पठाएर पैसा साटेर ल्याउनुपर्ने अवस्था आएको बताउँदै यस्तो टिठलाग्दो अवस्थाबाट बच्न अध्यागमन कार्यालय क्यास लिएर आउने परिपत्र गर्न बाध्य भएको उनले बताएका छन्।