सुनसरीको झुम्का कारागारमा कैदी बन्दी समूहबीच झडप भएको छ।
आज दिउँसो कारागारमा कैदी बन्दी समूहबीच झडप हुँदा २५ जना कैदी घाइते भएका छन्।
घाइते कैदीमध्ये ५ जनालाई गम्भीर चोट लागेकाले अस्पताल भर्ना गरिएको कारागारका जेलर प्रदीप शाहले बताए।
कारागारको चौकीदार को बन्ने भन्ने विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको हो।
उक्त झडपमा गम्भीर चोट लागेका ५ जनाको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको र बाँकी २० जनाको कारागारमै स्वास्थ्यकर्मी झिकाएर उपचार गरिएको उनले बताए।