अखिल नेपाल फुटबल संघ (एन्फा)को बहालवाला पदमा रहेका व्यक्तिले असारमा हुने स्थानीय तह चुनावमा मताधिकार लिएर आउन नपाउने भएसँगै पदाधिकारीले राजीनामा बुझाएका छन्।
भोलिबाट पदमा रहने व्यक्तिले भोट दिन नपाउने भएसँगै करिब एक दर्जन व्यक्तिले राजीनामा दिएको स्रोतले बताएको छ। राजीनामा दिनेमा उपाध्यक्षदेखि सहमहासचिवसम्म रहेका छन्।
आगामी चुनावलाई केन्द्रित हुँदै राजीनामा बुझाएको एक उच्च पदाधिकारीले न्युज कारखानासँग बताए। उनले नाम नखुलाउने सर्तमा राजीनामा स्वीकृत भने भई नसकेको बताएका छन्।
जेठ १५ गते हुने तय भएको एन्फा चुनाव असार ६ गतेका लागि सारिसकेको छ। पुस २३ गते बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव जेठमा गर्ने निर्णय गरेको थियो।