ट्रिपरसँग यात्रुवाहक बस जुधेपछि घम्साघम्सी (तस्बिरहरू)

बुधबार दिउँसो लहरेपिपलबाट ग १ ख ३७४६ नम्बरको यात्रुवाहक बस दुलेगौँडा बजारतर्फ आइरहेको थियो। शुक्लागण्डकी नगरपालिका– ८ लालिमस्थित ठुलढुंगामा यात्रुवाहक बस विपरित दिशाबाट आइरहेको ग १ क ३९४० नम्बरको ट्रिपरसँग ठोक्किएर दुर्घटना भयो। दुर्घटनामा घाइतेलाई प्रहरीले उद्धार गरेर अस्पतालसम्म पुर्‍यायो।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौँडाले सडक दुर्घटना व्यवस्थापन नमुना अभ्यास गर्दाको दुर्घटना दृश्य थियो, यो । वार्षिक कार्य योजनाअनुसार अभ्यास गरिएको हो। तस्बिरमा हेरौँ सडक दुर्घटना व्यवस्थापन नमुना अभ्यासको दृश्य:-


 

प्रकाशित मिति: : 2022-04-13 18:18:00

प्रतिकृया दिनुहोस्