१५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा युवक पक्राउ

file photo
file photo

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-४ फरहदवाका २२ वर्षीय आदेश पटेल रहेका छन्। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

आइतबार साढे १० बजे राति बालिकालाई उनकै घरनजिकको गोठमा दाउरा लिन गएको बेला जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-12 21:46:00

प्रतिकृया दिनुहोस्