वनस्पतिको संरक्षणले नेपाललाई समृद्ध बनाउन सकिन्छ : वनमन्त्री यादव

वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले नेपालमा उपलब्ध वनस्पतिहरुको संरक्षण तथा व्यवस्थापनबाट देशलाई समृद्ध बनाउन सकिने बताएका छन्।

मन्त्री यादवले औषधीय गुणले भरिपूर्ण वनस्पतिहरुको संरक्षण गरेर मगन्य आम्दानी गर्न सकिने बताएका हुन्।

नेपालमा पाइने जडिबुटीहरुको मांग विदेशमा समेत पर्याप्त मात्रामा रहेको बताउँदै मन्त्री यादवले त्यसको संरक्षण गर्नुपर्ने बताएका हुन्।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको वनस्पति विभागको ६२ औं वार्षिकोत्सव तथा २३ औं वनस्पति दिवसको उपलक्ष्यमा काठमाडौंमा आज (मंगलवार) आयोजित एक कार्यक्रमको उदघाटन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन्।

उनले नेपालमा पाइने बहुमुल्य वनस्पतिहरु संरक्षणबिना खेर गइरहेको बताउँदै वन मन्त्रालयले त्यसको व्यवस्थापनको कार्य अगाडि बढाएको जनाए।

मन्त्री यादवले नेपालमा वनस्पतिहरुको संरक्षण तथा प्रवर्धनका लागि विशेष योगदान पुर्याएका प्रा.डा.कृष्णकुमार श्रेष्ठलाई राष्ट्रिय वनस्पति पुरस्कार २०७८ बाट सम्मानित समेत गरेका छन्।

प्रकाशित मिति: : 2022-04-12 13:31:00

प्रतिकृया दिनुहोस्