सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–६ मुक्लीका ६३ वर्षीय गणेशकुमार राई मृत फेला परेका छन्।
गत १४ चैतदेखि सम्पर्क विहीन बनेका राई आइतबार खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे तल्लो सल्लेको तितेकुरस्थित दुधकोसीको किनारमा मृत फेला गरेका हुन्।
बेवारिसे अवस्थामा शव फेला परेपछि सोधीखोजीका क्रममा राईको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए।
घाँटीमा लगाएको तुलसीको माला, घडी र लुगाको आधारमा राईको शवको पहिचान गरिएको हो। शव पहिचानपछि आफन्तलाई जिम्मा लगाएर पठाइएको प्रहरी निरीक्षक शाहले बताए। घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।