हुम्लामा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताद्वारा एमाले दल फडेराको घर तोडफोड 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताले नेकपा एमालेका केन्द्रीय सदस्य दल फडेराकोमा तोडफोड गरेका छन्।

हुम्लाको आदानचुली गाउँपालिकाका अध्यक्ष समेत रहेका फडेराको घर माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी कार्यकर्ताले घेरा हालेर तोडफोड गरेका हुन्।

वैशाख ४ गते एमाले अध्यक्ष केपी ओली आउने कार्यक्रमको तयारीमा हिँडेको समयमा एमाले कार्यकर्ताहरुले नारा जुलुस लगाएर हिँड्दा एक जना माओवादी कार्यकर्ता घरमा पानीको ट्याङ्की लडेको र ट्याङ्की पुनः उठाएर पुरानै ठाउँमा राखेर हिँडेपय भएपनि त्यही निहुँमा उनीहरूले आफ्नो घर तोडफोड गरेकाृ फडेराले बताए।

'अहिले पनि मेरो घर उनीहरुकै घेरामा छ। अहिले प्रहरीले घर भित्र प्रवेश गर्न नदिएको भए पनि प्रहरीको घेरा भन्दा पछाडि सयौँको संख्यामा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता रहेका छन्, 'उनले भने, 'मेरो घरमा छापामार शैलीमा जनयुद्धको झल्को दिने गरी घेरा हालेका छन्। प्रहरी नआएको भए पनि प्रहरीको संख्या थोरै भएका कारण उनीहरूले जे पनि गर्न सक्ने अवस्था रहेको छ।'

फडेराले घरमा क्षति पुगेपनि आफूहरू सुरक्षित रहेको बताए। 'हाल प्रहरीको संख्या कम रहेको छ' उनले थपे, 'अहिले अरु ठाउँबाट पनि प्रहरी आइरहेको छ।'
 
 

प्रकाशित मिति: : 2022-04-09 18:25:00

प्रतिकृया दिनुहोस्