अभिनेता भुवन केसी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित आमसभामार्फत् उनी पार्टी प्रवेश गरेका हुन्।
केसी भने कार्यक्रममा सहभागी थिएनन्। उद्घाेषकले उनकाे नाम वाचन गरेर पार्टी प्रवेश गरेकाे घाेषणा गरेका हुन्।
यसअघि उनले अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिने घाेषणा गरेका थिए।