अमेरिकाले भिसा बिना नै अमेरिका प्रवेश गरेका सात नेपालीलाई देश निकाला गरेको छ।
देश निकालमा परेका नेपाली युवाहरू आफैं नेपाल फर्कन नमानेपछि उनीहरूलाई अमेरिकी सरकारले नै बिमान चार्टर गरेर काठमाडौं पुर्याइदिएको छ। उनीहरू बुधबार विहान त्रिभुवन विमानस्थलमा ओरालिएको बताइएको छ।
काठमाडौं फर्किएका एक युवाले समाचारको पुष्टी गरेका छन्। सोमबार अमेरिकाबाट काठमाडौंका लागि चार्टड विमानमा राखिएका उनीहरू अल्बानियाको राजधानी तिराना हुँदै काठमाडौं पुर्याइए। उनका अनुसार विमानमा २६ देखि ४९ वर्षका सात पुरूष थिए। उनले भने, 'हामी सबै दलाललाई लाखौ तिरेर ज्यान जोखिममा पारेर अमेरिका छिरेका थियौ।'
हामी सबै दलाललाई लाखौ तिरेर ज्यान जोखिममा पारेर अमेरिका छिरेका थियौ। यसरी नै अरू सयौ अमेरिका छिरे, हाम्रो भने भाग्य नै खोटो रहेछ। अमेरिका छिरेर पनि नेपाल फर्कनु पर्याे।
अब दलालसँग पैसा माग्नुहुन्छ कि भन्दा उनले भने, 'माग्छौं नै तर के देलान् र ? दलालको कुनै धर्म नै हुँदैन।'
'यसरी नै अरू सयौ अमेरिका छिरे, हाम्रो भने भाग्य नै खोटो रहेछ, भाग्यलाई दोष दिदै उनले ब्रेक एन लिंक्सलाई भने, ' अमेरिका छिरेर पनि नेपाल फर्कनु पर्याे।'
अब दलालसँग पैसा माग्नुहुन्छ कि भन्दा उनले भने, 'माग्छौं नै तर के देलान् र ? दलालको कुनै धर्म नै हुँदैन।'
नेपाल फर्कनका लागि वासिङ्टन डीसीस्थित नेपाली दूतावासले उनीहरूलाई ट्राभल डकुमेन्ट बनाइ दिएको थियो, दूतावासका एक कर्मचारीले बिएल नेपाली सेवासँग कुरा गर्दै यसको पुष्टी गरे।
बिना भिसा अमेरिका छिर्ने यी युवाहरू पहिला र अन्तिम नेपाली हैनन्, यसरी नै कति अमेरिका आएका छन्, कति आउने क्रममा छन्। काग गराउँदै गर्छ, पिना सुक्दै गर्छ भनेझैं यो क्रम जारी छ। यो घटनाले केही दिन असर गरेर जस्तो गर्छ। केही दिनपछि फेरि उही घटना दोहोरिन्छ। नेपालीमा एउटा भनाइ छ नि, नौ दिनमा नौलो, बीस दिनमा बिर्स्यो हुन्छ।