बिस्का जात्राको लागि रथ निर्माण तीव्र (तस्विरहरू)

भक्तपुरको ऐतिहासिक बिस्का जात्राका लागि रथ तयार गरिँदैछ। काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका परम्परागत साँस्कृतिक जात्रामध्ये बिस्का जात्रा पनि एक हो।

स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ। जात्राका लागि भक्तपुर दरवार क्षेत्रमा रहेको पाँच तले र भैरवनाथको मन्दिर प्रांगणमा अहिले रथ बनाइँदै छ।

तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु गरिन्छ। नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसँग मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ।


 

प्रकाशित मिति: : 2022-04-07 16:31:00

प्रतिकृया दिनुहोस्