दमकमा ट्रयाक्टर दुर्घटन हुँदा एकजनाको मृत्यु 

झापाको दमक नगरपालिका–१० जहदामा बुधबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका–८ का अंदाजी २३ वर्षीय विकास ताजपुरिया रहेका छन्। 

घाइते उनको उपचारको क्रममा दमक स्थित एडभान्स अस्पतालमा हिजो साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

हिजो साँझ साढे ५ बजे मे १ त ३७४६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको थियो। ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-04-07 11:25:00

प्रतिकृया दिनुहोस्